बंगलादेश । नेपालको पर्यटन प्रवद्र्धमा गर्ने उद्देश्यले राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त र सस्थाका कोषाध्यक्ष सागर श्रेष्ठ गएको साता बंगलादेश फोटोपत्रकार संघको सहयोगमा नेपालका फोटोपत्रकारहरुले कैद गरेका सुन्दर तस्वीरहरु (यमाजिङ नेपाल) नाम दिएर प्रदर्शनी गर्न बङ्लादेशको राजधानी ढाका पुगेको थिए ।

उक्त अवसरमा अध्यक्ष वन्तले ढाका स्थित जाहाङ्गीनगर विश्वविद्यालयका डिपार्टमेन्ट अफ जर्नलिजम तथा मिडिया अध्ययन गरि रहेका विद्यार्थीहरुको विच नेपालका फोटोपत्रकारहरुले कोभीडको समयमा लकडाउनमा कसरी काम गरे भन्ने विषयमा असिस्टेनट प्रोफेशर सल्मा अहमेदको सहयोगमा अन्तरक्रिया सम्पर्न भएको थियो ।

ढाकामा फोटो प्रदर्शनीमार्फत ‘नेपाल घुम्न जाउँ’ भनी सन्देश प्रवाह गर्न पुगेका फोटो पत्रकारहरुले बंगलादेशको बिभिन्न भागको तस्वीर खिचेका छन ।

उक्त समुहका अध्यक्ष तथा राससका फोटो पत्रकार प्रदीपराज वन्तले बंगलादेशका बिभिन्न भागमा पुगेर क्यामरामा कैद गरेका तस्वीरहरु आजको फोटो फिचरमा हेर्न सकिन्छ ।













तस्बिर ः प्रदीपराज वन्त,रासस


