Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

सन्तोष लामा, प्रशिक्षार्थी

काठमाडौं। नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्रको घाँटी निमोठेको बताएका छन् । शुक्रबार ललितपुरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले केपी ओलीको ज्यादतीको सशक्त प्रतिरोध हुने बताएका हुन् ।

नेता नेपालले बिहीबार गरिएको नेपाल बन्दबाट पर्न गएको कष्टप्रति क्षमा समेत मागे । अध्यक्ष नेपालले भने, ‘केपी ओली चोइटिएर गएको सानो गुट हो । हामी स्थानीय तहसम्म प्रष्ट बहुमतमा छौं। ओलीले बालकोट वरिपरि पार्टी बनाउँदा हुन्छ ।

कम्युनिस्ट पार्टीमा व्यक्तिको पूजा गरिँदैन, भ्रम पैदा गर्न झुटा प्रचार गरिएको छ, नेता नेपालले भने । नेता नेपालले केपी ओलीले धम्क्याएर रौं नहल्लिने भन्दै ओलीको ज्यादती अन्त्य हुने दावी गरे । जनकपुरमा गोली र नुवाकोटमा ओली सरकारले दमन गरेको भन्दै ओली इतिहास बन्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय