Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

गायक विकास राणाको स्वरमा रहेको नयाँ गीत ‘शैलुङ्गको चिसो चिसो बतास’ सार्वजनिक भएको छ । सशीबिक्रम थापा र गणेश चौलागाईंको शब्द तथा संगीत रहेको गीतको संयोजन पनि संगीतकार थापाले नै गरेका हुन् । शैलुङ्गको सुन्दर प्रकृतिसँग सुन्दर युवतीको बर्णन गरिएको गीतको भिडियोमा राजेश हमाल र वर्षा शिवाकोटीको रोमान्स देख्न सकिन्छ । भिडियोमा दुबैको जोडी सुहाउँदो रहेको छ ।

भिडियोको निर्देशन नितिन चन्दले गरेका हुन् । सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोको छायाँकन मनोज सुवेदीले गरेका हुन् । सौखिन तिमल्सिनाको सम्पादन गरेको भिडियो गायक राणाको आफ्नै च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय