Monday 31 August 2026 / मंगलवार, १६ भाद्र २०८३

काठमाडौं, ‘आईईसी डिजाइनर रनवे ११ ’ फेसन शो शनिबार साँझ काठमाडौंमा सम्पन्न भएको छ ।

आईईसी कलेजको आयोजनामा भएको कार्यक्रममा नेपाल र भारतका दर्जनौं मोडलको सहभागिता थियो ।

भने सो–टपरको रुपमा आचल सर्मा, मिस नेपाल आस्मी श्रेष्ठ, रविना थापा मिस नेपाल २०२० नम्रता श्रेष्ठ,नायक आकास श्रेष्ठ लगायत सहभागी थिए ।

सहभागीहरूले आईईसी कलेजबाट दिक्षित विद्यार्थीहरुले डिजाइन गरेको ड्रेसमा सजिएर विभिन्न १२ वटा सिक्वेन्समा याम्पमा उत्रिएका थिए ।

दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा सम्पन्न उक्त फेसन शो नेक्स्ट मोडल नेपालले व्यवस्थापनमा सम्पन्न भएको हो ।


तस्बिरहरु ः प्रदीपराज वन्त,रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय