काठमाडौँ । शैक्षिक परामर्श सेवा दिदैँ आएको पुतलीसडकस्थित युनिभर्सल थट कन्सल्ट (युटिसी) ले व्यवस्थापन सङ्कायमा अध्ययन गर्न चाहने दश जोड दुुई पास गर्न सफल विद्यार्थीहरुको लागि शैक्षिक गन्तव्य पहिचान गर्न सजिलो होस भनी विगत पाँच वर्षदेखि गर्दै आइरहेर्को टेक्सास म्यानेज्मेन्ट एण्ड आइटी एक्सपो’ प्रज्ञा भवन कमलादीमा आज र भोली दुई दिने कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायका सहायक डीन प्रोफेसर डा ध्रुुव गौतमले यस्ता खालका कार्यक्रमले एकै थलोमा विद्यार्थीहरुलाई जम्मा पारेर राम्रो विद्यालय छनौट गर्न सहज हुने र आगामी दिनमा रोजगारको लागि पनि युवापुुस्तालाई अभिप्रेरित गर्ने भएकाले यस्ता इभेन्टहरु कलेज भर्ना अर्गुअगाडि भन्दा अन्य समयमा पनि रोजगार प्रदान गर्न सहयोगीको भूमिका खेल्नसकोस भनी शुभकामना व्यक्त गर्नुभयो ।

साथै कार्यक्रमका विशेष अतिथि रमेश शिलवालले पनि कार्यक्रमको सफलताका साथै भोलिका दिनमा युटिसीसँग सहकार्यगरी असल तथा जेहेन्दार छात्र, छात्राहरुलाई गुणस्तरीय शिक्षा र विभिन्न व्यवस्थापन सङ्कायमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि छात्रवृत्तिको सहयोग गर्ने वचन दिनुभयो ।
कार्यक्रममा आयोजकको तर्फबाट संस्थाका निर्देशक प्रकाश ढकालले स्वागत तथा बधाई मन्तव्य राख्नुुभएको थियो भने उक्त कार्यक्रममा काठमाडौँका व्यवस्थापन सङ्काय अध्यापन गराउने ३१ वटा कलेजहरु सहभागी भएका छन् ।

कलेजहरुमा कस्ता कस्ता विषयमा अध्ययन गर्न सकिने भन्नेवारेमा जानकारि दिन विभिन्न कलेजहरु टेक्सास कलेज,नामी कलेज, एभरेष्ट कलेज, प्रेशीडेन्टल कलेज,गोल्डेनगेट कलेज,आइआइएम टाइम्स कलेज,लिभटी कलेज साइम कलेज,सानत्वना कलेज, शुुभश्री कलेज,सिजी कलेज लगायत अन्य कलेजहरुले पनि सहभागी भई विद्याथीहरुलाई कलेज र शिक्षा छनौटको लागि सहयोग गर्दै आउनु भएको छ । त्यसैगरी उक्त कार्यक्रममा विद्यार्थीहरुले मनोरञ्जन, खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी कार्यक्रमलाई रौनकता थपेका छन् ।



































तस्वीरहरु ः एसनेपाली डटकम


