Saturday 4 July 2026 / शनिबार, २० असार २०८३

काठमाण्डौँको बसुन्धारामा अवस्थित साउथवेस्टन स्कुलका प्रिन्सिपल रमेश अधिकारी राष्ट्रिय सम्मान प्रदान गरिएको छ । आर. के. इन्टरटेन्मेन्ट ग्रुपको २० औं वार्षिक उत्सवको अवसरमा उक्त संस्थाद्वारा नेपालको विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउने विशिष्ठ व्यक्तित्वहरूलाई सम्मान गर्न काठमाडौंको राष्ट्रिय सभागृहमा फाल्गुण २४ गते शनिबार आयोजितएक कार्यक्रममा उहाँलाई सम्मान गरिएको थियो । शिक्षा क्षेत्रमा विशिष्ठ योगदान पु¥याएबापत राष्टिय प्रतिभा सम्मान अन्तर्गत उहाँ सम्मानित हुनु भएको हो ।

कार्यक्रममा डा. भोला रिजाल, कुलमान घिसिङ, निर विरविक्रमशाह, महावीर पुन, करिस्मा मानन्धर, सपना रोकाय मगर लगायतका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा संस्थाले आयोजना गरेका डान्स तथा सिङ्गिङका विजेताहरूलाई पुरस्कार वितरण पनि गरिएको थियो । सम्मान समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीमाननीय पार्वत गुरुङ प्रमुख अतिथि तथा महानायक राजेश हमाल विशिष्ट अतिथिको रुपमाउपस्थितहुनुहुन्थ्यो ।

साउथवेस्टन ग्रुपका संस्थापकहरू मध्येका एक अधिकारी लामो समय देखि शिक्षा क्षेत्रमा कार्यरत हुनुहुन्छ । साथै जे. पी. प्रतिष्ठानको आजीवन सदस्य रहेर समाज सेवामा समर्पित हुनुहुन्छ । उहाँले यसै वर्ष अन्तराष्ट्रियस्तरको बेस्ट प्रिन्सिपल अवार्ड प्राप्त गर्नुभएको थियो भने साउथवेस्टन स्कुलले यो एकवर्षको अवधिमा ३ वटा अन्तराष्ट्रिय अवार्ड हातपारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय