Saturday 4 July 2026 / शनिबार, २० असार २०८३

काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले अमेरिका सरकारले नेपालको शिक्षा क्षेत्रमा गरेको योगदान प्रशंसनिय रहेको बताएका छन् ।
नेपालका लागि अमेरिकी राजदुत ¥यान्डी बेरीसँग मन्त्रालयमा भएको भेटको क्रममा मन्त्री श्रेष्ठले नेपाल र अमेरिका बीचको वर्षौ सम्मको सम्बन्ध अझै सुमधुर रहने बताए ।
विशेषगरी शिक्षा विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसडिपी) दुर र प्राथमिक शिक्षाको विकासमा अमेरिकी सरकारले गरेको सहयोग महत्वपुर्ण रहेको छ–मन्त्री श्रेष्ठले भने ।

विपद्को समय होस वा कोरोना संक्रमण नियन्त्रण गर्न अमेरिकी सरकारले उपलब्ध गराएको सय वटा भेन्टीलेटर सहयोगले दुई देशको सम्बन्ध अझै सुमधुर बन्न पुगेको उनको भनाई थियो । उहाले हालै निर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडन र उपराष्ट्रपति कमला ह्यारिसको कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

भेटका क्रममा राजदुत बेरीले अमेरिकी सरकारले बहुपक्षीय ढंगबाट सहयोग गर्ने जानकारी दिए । उनले भने–नेपालप्रति अमेरिकी सरकारको कुनै नीति परिवर्तन भएको छैन, सहयोगका कार्यक्रमलाई निरन्तरता दिनेछौ । उनले विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणमा थप सहयोग गर्ने बताए ।

नेपालको प्राथमिकदेखि दुर शिक्षामा गरेको लगानीमा थप सहयोग हुनसक्ने विश्वास व्यक्त गर्दै राजदुत बेरीले अमेरिकामा नया सरकारले आएपनि सम्बन्ध विकास र साझेदारीमा कुनै परिवर्तन नहुने स्पष्ट पारे ।

सो क्रममा शिक्षा सचिव गोपीनाथ मैनालीले नेपालको शिक्षा अनुसन्धानमा गरेको लगानी महत्वपुर्ण रहेको बताए । उनले विद्यालय क्षेत्र सुधार परियोजना, दुर र विद्यालय शिक्षामा अमेरिकी सहयोग नियोग युएस आइडीले महत्वपुर्ण सहयोग गरेको बताए ।

सो अवसरमा सचिव मैनालीले लिंकन स्कुलको विषयमा देखिएको समस्या समाधान गर्न मन्त्रालय तयार रहेको बताए । भने–गृह, परराष्ट्र, अर्थ र शिक्षा मन्त्रालयबीचको समन्यमा मात्र समस्या समाधान हुने स्पष्ट पार्दै त्यसको लागि शिक्षा मन्त्रालयको तर्फबाट ततथ्काल प्रकृया अघि बढाईनेछ ।

मन्त्री श्रेष्ठले लिंकल स्कुलको विषयमा चासो राख्दै सरकारी तबरबाट समस्या समाधान गर्ने बताए । अमेरिकी विकास सहयोग नियोग युएसइआइडीका निर्देशक सेपेड केभ्यानसडले विगत वर्षमा काम गर्न केही अप्ठ्यारो महसुस भएको उल्लेख गर्दै फरक परिस्थितिको कारण अहिले केही सहज हुने अपेक्षा राखे ।

उनले सन २०२० देखि २०२२ सम्म ३२ मिलेनियम डलर सहयोग भैरहेको बताए । कोभिडका लागि सहयोग गर्नेछौ । नेपालको विकासको अनुदानमा कुनै फरक पर्दैन–उनको भनाई थियो ।

उनले प्राथमिक र दुर शिक्षामा सहयोग गरिरहेको बताउनुभयो । उनले २०२१–२०२५ सम्म निरन्तर सहयोग गरिरहने बचनबद्धता व्यत्तः गरे । मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा दुई देशबीचको सहयोग र सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय