नेपालीको घरआँगनमै तिहार आइसक्यो । तिहार भन्नुबित्तिकै देउसी भैलोलाई बिर्सिने कुरा नै भएन । त्यसमा पनि नेपाली गीत सङ्गीतलाई देउसी, भैलो गीतले वषौँदेखि अजर अमर बनाउँदै आएको छ ।
तर पछिल्ला केही वर्षयता विस्तारै मादल, बाँसुरी, भ्mयाली बजाएर खेलिने देउसी लोप हुँदै गएको छ । प्रविधिको विकाससँगै डिजेमा देउसी गीत बजाएर देउसी, भैलो खेल्ने चलन बढेको छ ।
यसरी देउसी, भैलोसँगै बज्ने यी गीतहरूले जहिले तिहारमा रौनक थप्ने गरेको छ ।
तिहारै आयो लौ झिलिमिली …………


