नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोध गर्दै आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकार नरहेको जनाउँदै सो समूह गत पुस ५ गतेदेखि आन्दोलित छ । प्रतिनिधिसभा विघटनसम्बन्धी हाल मुद्दा सर्वोच्च अदालतमा विचराधीन छ ।
सभालाई सम्बोधन गर्दै सो समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा प्रतिनिधिभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको जिकिर गर्दै संसद् पुनःस्थापना नभए आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेको शान्तिपूर्ण आन्दोलनको सुनुवाइ नभए शान्तिपूर्ण आन्दोलन हुँदै जनविद्रोह हुन्छ ।”





































तस्वीरहरु ः यसनेपालीडटकम


