Thursday 28 September 2023 / बिहीबार, ११ आश्विन २०८०

लन्डन —

लेस्टर सिटीले प्रिमियर लिगमा क्रिस्टल प्यालेससंग १/१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा प्यालेसका तर्फबाट विल्फ्रेड जाहाले ५८औ मिनेटमा गोल गरि पाहुना टोलिमाथि अग्रता बनाएको थियो ।

खेल सकिन ७ मिनेट बाँकि छँदा हार्भे बार्न्सले गोल गरेपछि सिटीले प्रिमियर लिगमा क्रिस्टल प्यालेससंग अंक खोसेको हो ।
लिगमा १६ खेल खेलेको लेस्टरले सिटी अंक तालिकाको दोस्रो स्थानमा छ ।

त्यस्तै सोमबार नै भएको  अर्काे खेलमा चेल्सीले एस्टन भिल्लासँग १–१ को बराबरी खेलेको छ ।  ओलिभर जिरोडको गोलले चेल्सीले अग्रता लिएपनि अनवर इल गाजीले भिल्लाका लागि बराबरी गोल फर्काए ।१६ खेल खेलेको चेल्सी २६ अंकसहित छैटौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय