Thursday 20 August 2026 / बिहीबार, ४ भाद्र २०८३

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको बढ्दो प्रयोगसँगै दुरुपयोग नियन्त्रणका लागि नियमन गर्ने कानूनको अभाव रहेको बताउनुभएको छ ।

महिला सुरक्षा दबाब समूहद्वारा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले नियमन गर्ने कानूनको अभावमा प्रविधिको दुरुपयोग रोक्न चुनौति रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा संसारमा बनेका सबै प्रविधि प्रयोग हुन्छन् तर त्यसको नियमन गर्ने कानून छैन ।”

आवश्यक नीति निर्माणका लागि मन्त्रालय लागिपरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “हामीले अहिले साईबर अपराध नियमनसम्बन्धी नीतिबारे मन्त्रालयमा छलफल गरिरहेका छौँ ।”

मन्त्री शर्माले प्रविधिको पहुँचसँगै दुरुपयोग बढ्दा महिला हिंसासमेत बढेको भन्दै सचेत रहन आग्रह गर्नुभयो । उहाँले प्रविधिको निर्माणमा महिलाको सहभागिता हुन सकेमा मात्र प्रविधिलाई महिलामैत्री बनाउन सकिनेमा जोड दिनुभयो ।

“हामी प्रविधि प्रयोग गर्छौँ तर त्यससम्बन्धी शिक्षा सबैलाई छैन । प्रविधिको दुरुपयोगले महिला हिंसा बढ्न नदिन डिजिटल शिक्षासम्बन्धी कार्यक्रमलाई व्यवहारिक बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय