काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न न्यायालयको पुनःसंरचना आवश्यक रहेको बताएकी छन्।
सोमबार नेपाली कांग्रेसको आह्वानमा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले न्यायालयमा देखिएका समस्याको समाधानका लागि संरचनागत सुधार आवश्यक रहेको धारणा व्यक्त गरेकी हुन्।


