काठमाडौँ- नेकपाको प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार पनि विभिन्न कार्यक्रम गरेको छ । जसअन्तर्गत विद्यार्थी संगठन अनेरास्ववियूले ‘प्रतिगमन’लाई जुत्ता हान्ने कार्यक्रम आयोजन गरेको छ ।
विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार काठमाडौंको नारायणहिटी दरबार संग्रहालयअघि संसद् विघटनको विरोधमा प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम गरेको हो । नारायणहिटी संग्रालयअघि ‘प्रतिगमन’को प्रतीक बनाइ जुत्ता हान्ने कार्यक्रम गरिएको प्रचण्ड–माधव अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले जानकारी दिएका छन् ।
कार्यक्रममा विद्यार्थीले सरकार र प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले ‘प्रतिगमन मुर्दावाद’, ‘केपी तेरो पाराले दुःख पायो साराले’ लगायत नारा लगाएका थिए ।


