Sunday 6 October 2024 / सोमबार, २१ आश्विन २०८१

चलचित्र क्षेत्र चलायमान बनाउन तथा कोभिडका कारण चलचित्र रिलिज गर्न नपाएर मर्कामा परेका निर्मातालाई चलचित्र विकास बोर्डले सहयोग गर्ने भएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अनलाइनखबरसँग भने–‘हामीले योजना पास गरिसकेका छौ । नेपाल सरकारले हल खोल्ने अनुमति दिएसँगै यो लागू हुन्छ ।’

अध्यक्ष दाहालका अनुसार, हल खुलेको ६ महिना भित्र रिलिज हुने चलचित्रका लागि यो सुविधा उपलब्ध गराइनेछ । चलचित्र विकास बोर्डले सर्भर इनकोडिङ चार्ज, पोष्टर छपाई, सरकारी तथा विभिन्न निजी टेलिभिजनमा विज्ञापनमा सहयोग गर्ने दाहालले बताए । दाहालले भने–‘निर्माताले तिनुपर्ने सर्भर चार्ज, पोष्टर फ्लेक्सको खर्च, हलमा चलचित्र रिलिज गर्दा लाग्ने प्रति शोको चार्ज सबै बोर्डले नै तिर्नेछ । यस्तै, सरकारी मिडियामा विज्ञापनमा छुट दिइनेछ । केही निजी टेलिभिजनमा पनि विज्ञापनमा छुट दिने बिषयमा कुरा भैसकेको छ ।’

हल खुलेपनि चलचित्र रिलिज गर्ने वा नगर्ने भन्ने दोधारमा रहेका निर्माताका लागि बोर्डको यो राहत प्याकेजले पक्कै पनि उत्साह थप्ने विश्वास गर्न सकिन्छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय