Friday 31 July 2026 / शुक्रबार, १५ श्रावण २०८३

 त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् ।

सोमबार त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमा विमानमा आगलागी भएको देखिएको थियो । त्यसपछि त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणले विमान फर्किन सक्ने बताएका थियो । तर विमान गन्तव्यतर्फ गएको मन्त्री किरातीले फेसबुकमार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय