Tuesday 31 January 2023 / मंगलवार, १७ माघ २०७९

काठमाडौं, १५ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २०४ जना महिला र ३०७ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा ५ हजार ११० पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख २६ हजार ४७७ पीसीआर परीक्षण भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ३०० छ भने क्वारेन्टाइनमा ३६२ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ६०० जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ५१ हजार ९१२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट सात जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ८४७ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१२ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा १२९ महिला र १८३ जना पुरुष रहेका छन् । काठमाडौंमा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जना कोरोना संक्रमित देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय