Friday 27 January 2023 / शनिबार, १४ माघ २०७९

काठमाडौं, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित ईनर्वा ईलाकाबाट पौष १५ गते एपीएफ टोलीले करीव दुई लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, भाडावर्तन र मोटर पाटर््स सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला सामान ल्याउने व्यक्ति गस्तीमा रहेको एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै उक्त सामान छाडी फरार भएका थिए । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साबाट खटिएको एपीएफ टोलीले पौष १५ गते करीव दुई लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ । अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ इनर्वा स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय विरगंजमा बुझाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय