Friday 10 July 2026 / शनिबार, २७ असार २०८३

काठमाडौँ, जनता समाजवादी पार्टी (जसपा)का नेताहरु माओवादी केन्द्रको मुख्यालय पेरिसडाडाँ पुगेका छन् । जसपाका नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ पेरिसडाडाँ पुगेका हुन् ।
सत्ता समीकरणबारे छलफल गर्न जसपाका नेताहरु पेरिसडाडाँ पुगेका हुन् । केही दिन यता जसपाका नेताहरु नेपाली काँग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगातार छलफलमा छन् । अदालतको फैसला लगत्तै माओवादी केन्द्र ब्युँतिए पछि प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय