Wednesday 19 August 2026 / बिहीबार, ४ भाद्र २०८३

काठमाडौँ, नेकपा एमाले पार्टीको प्रवास शाखा प्रवासी नेपाली मञ्च मलेसिया पनि ब्यूँतिएको छ ।

सर्वोच्च अदालतको फैसलाले पार्टीलाई पुरानै अवस्थामा ब्यूँत्याइदिएपछि यसका विभिन्न भातृ तथा जनवर्गीय संगठनहरु धमाधम ब्यूँतिन थालेका हुन् । त्यसैक्रममा प्रवासी नेपाल मञ्च मलेसिया पनि ब्यूँतिएको हो ।

पार्टी एकता भएपछि भएपछि प्रवासी नेपाली एकता मञ्चमा परिणत भएको मञ्च अहिले परानै अस्तित्वमा फर्किएको हो ।

तत्कालिन राजेन्द्र प्रकाश भण्डारीको अध्यक्षतामा रहेको प्रवासी नेपाली मञ्च ब्यूँत्याइएको हो । भण्डारीको अध्यक्षतामा आइतबार बसेको बैठकले मञ्च ब्यूँतिएको घोषणा गरेको हो ।

मञ्च ब्यूँत्याएपछि स्वास्थ्यका कारण भण्डारीले राजीनामा दिए भने सोही बैठकले शेर बहादुर गुरुङलाई अध्यक्ष चयन गरेको छ ।

शेर बहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले भुतपूर्व अध्यक्ष राजेन्द्र प्रकाश भण्डारीलाई मञ्चको सल्लाहकारमा सिफारिस गरेको छ । त्यस्तै, बैठकले मञ्चलाई चलायमान गराउन चाँडै पूर्ण बैठक बोलाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय