Wednesday 2 September 2026 / बुधबार, १७ भाद्र २०८३

काठमाडौं, कुमारी बैंक लिमिटेडले तीनकुने शान्तिनगर स्थित तरकारी तथा फलफूल बजार पशुपति एग्रो मार्टमा क्यूआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ ।

कुमारी बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप राणा र पशुपति एग्रो मार्टका अध्यक्ष राजु कुमार खत्रीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले उक्त क्यूआर कोड तरकारी व्यवसायीहरुलाई हस्तान्तरण गरे ।
कुमारी बैंकले नगद कारोबारको विकल्पमा आफ्नो मोबाइल एपमार्फत क्यूआर भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दै आईरहेको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले यस क्यूआर प्रणाली अन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने÷चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाइदाहरु रहेकाले यो सेवा उपयोगी हुने बताए । उनले व्यवसायीहरु हरेक दिन बिक्री गरिएको रकम जम्मा गर्न बैंक धाई राख्नुपर्ने तथा खुद्रा पैसा बोक्नु पर्ने झन्झटबाट पनि मुक्त हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय