Wednesday 2 September 2026 / बुधबार, १७ भाद्र २०८३

काठमाडाैं, ब्राजिलमा भएको सवारी दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।उक्त सडक दुर्घटना दक्षिणपूर्वी ब्राजिलको मिनास गेरैस राज्यमा भएको हो । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।

जब ट्रकबाट ग्रेनाइटको ठूलो ब्लक सडकमा खस्यो, त्यसपछि बस विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्कियो। सवारीसाधन ठोक्किएपछि बसमा आगो लाग्यो। संघीय राजमार्ग प्रहरीका अनुसार, बस पछाडिबाट आइरहेको कारले बसलाई ठक्कर दिएको थियो।प्रहरीले समाचार संस्था सिन्ह्वालाई बताए अनुसार, अधिकांश मृत्यु ठोक्किएपछि बसमा लागेको आगोका कारण भएको हो। टेओफिलो ओटोनीका अधिकारीहरूका अनुसार कारमा रहेका तीन जना यात्रुसहित १३ जना गम्भीर घाइते भएका छन्।

दुर्घटनाको कारण बसको टायर पञ्चर हुनु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्। टायर पञ्चर भएपछि चालकले गाडीमाथि नियन्त्रण गुमाएका थिए, जसका कारण बस ट्रकसँग ठोक्किएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय