Saturday 4 July 2026 / आईतवार, २१ असार २०८३

अमेरिका, अमेरिकी विमान सेवा प्रदायक कम्पनी युनाइटेड एयरलाइन्सका धेरै उडानहरू बुधबार अचानक रोकिए । यसले गर्दा हजारौँ यात्रुहरू अलपत्र परे । प्राविधिक गडबडीका कारण यो कदम चालिएको कम्पनीले बताएको छ । प्राविधिक समस्याका कारण मुख्य उडानको डिपार्चर विमानस्थलमै रोकिदिएको कम्पनीले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ । अन्य उडानमा पनि ढिलाइ हुन सक्ने कम्पनीको भनाइ थियो । यात्रुहरूको सुरक्षा आफ्नो सबैभन्दा ठुलो प्राथमिकता भएको र उनीहरूलाई सुरक्षित रूपमा उनीहरूको गन्तव्यमा पुर्याउन सक्दो प्रयास गर्ने पनि विज्ञप्तिमा बताइएको थियो ।

अमेरिकाको सङ्घीय उड्डयन निकाय एफएएले पनि युनाइटेडका उडानहरू रोक्न आदेश दिएको छ । यो प्रतिबन्ध डेनभर, नेवार्क, ह्युस्टन र शिकागो जस्ता प्रमुख विमानस्थलहरूमा लागू गरिएको छ । अमेरिकाको उड्डयन सेवामा समस्या आएको यो पहिलो पटक होइन । गत महिना, प्राविधिक गडबडीका कारण अलास्का एयरलाइन्सको उडानहरू घण्टौँसम्म रोकिएको थियो । यस वर्ष नेवार्क विमानस्थलमा हवाई ट्राफिक नियन्त्रण प्रणाली धेरै पटक असफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय