Tuesday 22 September 2026 / बुधबार, ७ आश्विन २०८३

मुस्ताङ, धार्मिक र पर्यटनका लागि प्रसिद्ध मुस्ताङमा आज विश्व पर्यटन दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (ACAP) जोमसोम र लोमान्थाङले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका हुन्।

जोमसोम विमानस्थलमा विमानमार्फत आएका विदेशी पर्यटकलाई स्कार्फ र फूलसहित परम्परागत बाजागाजाले स्वागत गरिएको थियो। स्थानीय आमाहरूको समूह र इन्द्रबाक्स गाना समूहले संयुक्त रूपमा स्वागत कार्यक्रम प्रस्तुत गरेका थिए।

सडकमार्ग हुँदै आएका पर्यटकलाई घाँसा चेकपोष्टमा एसीएपी प्रतिनिधि, स्थानीय आमाहरूको समूह र जनप्रतिनिधिहरूले स्वागत गरे। त्यस्तै, माथिल्लो मुस्ताङको लोमान्थाङमा पनि पर्यटक स्वागत कार्यक्रम गरिएको एसीएपी कार्यालय प्रमुख उमेश पौडेलले बताए।

हालैका जेन-जी आन्दोलनका कारण प्रभावित स्थानीय पर्यटन व्यवसायीहरूलाई जोमसोम–पोखरा हवाई सेवा पुनः सञ्चालनसँगै आशा पलाएको छ। शुक्रबार मात्र समिट एयरले तीनवटा उडानमार्फत अन्तर्राष्ट्रिय पर्यटक ल्याएको जोमसोम स्टेशन प्रमुख सुमन ठकालीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय