काठमाडौं, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो अर्धवार्षिक अवधिमा विकास खर्च केवल १२ प्रतिशत मात्रै खर्च भएको छ। पुस मसान्तसम्म ४९ अर्ब ४२ करोड रुपैयाँ विकास खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
गत वर्षको तुलनामा विकास खर्च घटेको छ। नयाँ सरकारले आयोजना रोक्का गर्नु, बहुवर्षीय ठेक्कामा अनिश्चितता सिर्जना हुनु र राजनीतिक आन्दोलनले खर्च प्रभावित भएको विशेषज्ञहरूले बताएका छन्।
उता, चालु खर्च भने पहिलो ६ महिनामा ४ खर्ब ८७ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। राजस्व संकलन लक्ष्य ५ खर्ब ८१ अर्ब ४१ करोड मात्र पुगेको र वैदेशिक अनुदान पनि अपेक्षाकृत कम प्राप्त हुँदा सरकारले बाँकी खर्च जुटाउन सार्वजनिक ऋणमा निर्भर रहनु परेको छ।


