चितवन, बजारमा अण्डाको माग बढ्दै गएपछि मूल्यमा पनि क्रमिक वृद्धि भएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आइतबारदेखि लागू हुनेगरी अण्डाको नयाँ मूल्य तोकेको हो। यसअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य ४९५ रुपैयाँ पुगेको छ भने मझौला अण्डाको मूल्य ४७५ रुपैयाँ कायम गरिएको छ।
सङ्घका अनुसार निर्वाचनको माहोल, सीमा क्षेत्रमा कडाइ, अण्डा उत्पादनमा कमी र विद्यालय खुल्न थालेपछि माग बढ्दा मूल्यमा सुधार आएको हो। लामो समय लागतभन्दा कम मूल्यमा बिक्री गर्नुपर्दा निरास बनेका किसान अब मूल्य अझै स्थिर र सुधार हुने आशामा रहेका छन्।


