ढाका, हिमालय क्षेत्रमा बढ्दो जलवायु परिवर्तन र प्राकृतिक विपद्को असर बंगालको खाडीसम्म फैलिरहेको भन्दै विज्ञहरूले क्षेत्रीय सहकार्यमा जोड दिएका छन्।
ढाका विश्वविद्यालयमा सुरु भएको सम्मेलनमा जलवायु उत्थानशीलता, जलस्रोत संरक्षण, विपद् व्यवस्थापन र सूचना सुरक्षाबारे छलफल भइरहेको छ।

सम्मेलनमा नेपालसहित विभिन्न देशका १०० भन्दा बढी विज्ञ, अनुसन्धानकर्ता तथा सञ्चारकर्मी सहभागी छन्। सम्मेलन नोभेम्बर ११ सम्म सञ्चालन हुनेछ।


