Friday 6 November 2026 / शुक्रबार, २१ कार्तिक २०८३

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ । शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक जगको पूजा (भूमिपूजा) गरेर भवन निर्माणको औपचारिक सुरुआत गर्नुभएको हो ।

करिब एक लाख ४६ हजार वर्गफिटमा फैलिने यो भवन कुल १२ तलाको हुनेछ । जसमा गाडी पार्किङका लागि दुई तलाको भूमिगत बेसमेन्ट, एउटा ग्राउन्ड फ्लोर र माथि नौ वटा तला रहनेछन् । वातावरणमैत्री पूर्वाधार, आधुनिक वास्तुकला र अत्याधुनिक प्रविधि समेटेर बैंकले यसलाई उपत्यकाकै नमुना व्यावसायिक भवनका रूपमा उभ्याउन खोजेको छ ।

भूमिपूजापछि बोल्दै बैंकका अध्यक्ष ढकालले यो भवन वाणिज्य बैंकहरुका कर्पोरेट कार्यालयमध्य सबैभन्दा आधुनिक र ठूलो संरचना हुने बताउनुभयो । नयाँ भवन अत्याधुनिक तथा सुविधासम्पन्न हुनुका साथै काठमाडौँ उपत्यकाको एउटा नमूना (आइकन) भवन बन्नेछ, उहाँले भन्नुभयो । उहाँले अत्याधुनिक भवन निर्माणसँगै सेवाग्राहीलाई बैंकको सेवा अझ सहज, प्रविधिमैत्री र प्रभावकारी हुने बताउनुभयो ।

त्यस्तै प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकका सेवाग्राही तथा कर्मचारीलाई ध्यानमा राखेर पार्किङदेखि भित्री संरचनासम्म आधुनिक इन्जिनियरिङलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले भवनलाई पूर्णतः ऊर्जा बचत गर्ने शैलीमा ढाल्न लागिएको, पानीको समस्या नहोस् भनेर आकाशे पानी सङ्कलन तथा प्रशोधन गर्ने प्रणाली र विद्युत् खपत घटाउन सौर्य ऊर्जा (सोलार) जडान गरिने र यसबाट प्राकृतिक स्रोतको सही उपयोग हुनुका साथै वातावरणीय सन्तुलनमा पनि सघाउ पुग्ने बैंकको विश्वास रहेको बताउनुभयो ।

उक्त अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय