Friday 6 November 2026 / शुक्रबार, २१ कार्तिक २०८३

गुल्मी, कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से सडकखण्डमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

आज बिहान सडक माथिबाट पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

कालीगण्डकी गाउँपालिका र प्रहरीको समन्वयमा सडकमा थुप्रिएको पहिरो हटाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय