काठमाडौं, सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र तथा डिजिटल प्रणालीमा विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।
भक्तपुरमा नेपाल संवत् ११४७ को नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिनु महत्वपूर्ण उपलब्धि भए पनि यसको व्यावहारिक कार्यान्वयन आवश्यक रहेको बताए ।
उनले नेपाल संवत् वर्ष गणना गर्ने आधार मात्र नभई नेपालको ऐतिहासिक सभ्यता, मौलिक संस्कृति र राष्ट्रिय पहिचानको प्रतीक भएको उल्लेख गरे । साथै, नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाःको सामाजिक न्याय र परोपकारको योगदानबाट प्रेरणा लिनुपर्नेमा जोड दिए ।


