Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

काठमाडौं , विगत २० वर्ष देखि कम्प्यूटर विक्रीको रोजगारी गरे संगै हाल ११ वर्षदेखि सोही पेसालाई आफ्नो व्यावसायमा रुपानतरण गरेकी सिंहलाई उहाले उक्त क्षेत्रमा पाउनु भएको सफताको लागि सिहलाई बेस्ट बिजनेस वुमन इन आइटी इन्डस्ट्री अवार्ड राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हातबाट प्रदान गरिएको थियो भने ट्रफी पूर्वमन्त्री तथा यूपिएफ एसिया प्यसिफिकका अध्यक्ष एकनाथ ढकालले हस्तान्तरण गनु भएको थियो ।

काठमााडौंमा जन्मिएकी सरिता सिंह कायस्थ कम्प्यूटर व्यापारमा सफल एक महिला व्यवसायी हुन् । उनको काठमाडौं न्यूरोडस्थित जेनियुन कम्प्युटर ट्रेडिङ सञ्चालनमा छ । उनी कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासघ) को केन्द्रिय सदस्य पनि हुन । त्यसअघि सानै उमेरमा विद्यार्थी कालमै पढ्दै आफ्नो गुजारा चलाउँदै गर्नुपर्ने बाध्यतामा कम्प्युटर बिक्री केन्द्रमै काम गरेकी उनलाई उक्त क्षेत्रमा एक दशक काम गरि सके पछि आफ्नै व्यवसाय सन्चालन गर्न सघाउ पुग्यो ।

विद्यालय शिक्षा र उच्च शिक्षा स्नातकसम्म काठमाडौंबाटै आर्जन गरेकी सरिताले आफ्नै व्यवसायमा पाइला चालेको ११ वर्ष भइसकेको छ भने यस क्षेत्रमा २१ वर्षको अनवरत यात्रा जारिनै छ ।

सिजन मिडियाले आफ्नो १३ औं स्थापना र संविधान दिवस २०७८ को अवसरमा नेपालका विभिन्न क्षेत्रका हस्तीहरुलाई अवार्ड तथा सम्मान गरेको थियो । लाजिम्पाटस्थित होटल ¥याडिसनमा भव्य कार्यक्रमको आयोजनामा गरिएको थियो ।

उक्त कार्यक्रममा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ अन्तर्गत बरिष्ठ स्त्री रोग तथा प्रस्तुति विशेषज्ञ डा भोला रिजाललाई प्रदान गरिएको थियो भने पेसल बैंकिङ अनर अवार्डबाट सिभिल मर्चेन्टका पूर्व सिइओ तथा राष्ट्रिय वाणिज्य सहकारी संस्थाका अध्यक्ष जयन्द्रलाल श्रेष्ठलाई सम्मानित भएका थिए ।

पत्रकारिता क्षेत्रमा आफ्नो बेग्लै पहिचान स्थापित गर्न सफल वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई स्पेसल अनर जर्नालिज्म अवार्ड अर्पण गरिएको थियो भने मस्ट इन्स्पाइरिङ एन्ड इन्फुलियन्स वुमन अवार्डबाट महिला उद्यमी भवानी राणा, नेपाली चलचित्र क्षेत्रका अभिनेता, निर्देशक, निर्माता आकाश अधिकारी मल्टी डिस्पलनरी इन सिनेमा इन्डष्ट्री अवार्डबाट सम्मानित भएका थिए भने अन्य विभिन्न विदामा पनि अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय