नेपाली चलचित्र क्षेत्रमा शालिन र सिर्जनशील छवि बनाएका निर्देशक तथा अभिनेता हुन् आकाश अधिकारी । कलिउडमा नेपाल फिल्म इन्डस्ट्रीजमा थुप्रै सफल चलचित्र दिएर आफूलाई सफल निर्देशक प्रमाणित गरिसकेका आकाशको आज पनि यस उधोगलाई प्रवर्धनका लागि उत्तिकै सक्रियता छन । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी समिती सदस्यमा दुईपटक निर्वाचित भइ दुई कार्यकाल नै चलचित्र तथा मनोरन्जन समितिकाका सभापति पनि हुन ।
त्यससँगै उनी दुई कार्यकाल चलचित्र निर्देशक समाजहको महसचिव तथा २०७३ पौष १५ देखी हाल सम्म नेपाल चलचित्र निर्माता संघको अध्यक्षसमेत रही आएका छन । उनले महासंघको सदस्य र संघको अध्यक्ष भई चलचित्र क्षेत्रमा गर्नुपर्ने सुधारका लागि आवश्यक नीति निर्माणमा सरकारसँग समन्वयकारी भूमिका खेलिरहेका छन् । त्यसमध्येका उदाहरणहरु हन, सेवामुलक क्षेत्रलाई सरकारले चलचित्र निर्माणलाई राष्ट्रिय प्राथमिकप्राप्त उद्योगको रुपमा सूचिकृत गर्नु । त्यससँगै उनको अगुवाईमा नेपाल राष्ट्र बैंकसँग लबिइङ गरी पाँच सय डलरसम्मको डेबिट कार्ड प्रयोजनमा आउनु पनि अर्को उपलब्धि हो ।

फिल्म प्रदर्शनका लागि अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्म प्रयोग भइरहेको सन्दर्भमा नेपाली दर्शकलाई त्यसको पहुँचमा पु¥याउन डलर डेबिट कार्ड अत्यावश्यक भएकाले आकाशले राष्ट्र बैंकमा निरन्तर लबिइङ गरेका थिए । जुन सफल पनि भएको छ । अर्को महत्वपूर्ण कामको अगुवाई भनेको भारतमा नेपाली फिल्मको सेन्सरमा तीन महिनासम्म रोकिनुपर्ने र हिन्दीमा ट्रान्सलेट गर्नुपर्ने बाध्यतालाई अन्त्य भएको छ । निर्माता संघको एउटा इमेलबाट अहिले भारतमा प्रदर्शनको मिति बुक गर्न सकिन्छ ।
विसं २०२६ सालमा नवलपरासीमा जन्मिएका आकाशको बाल्यकाल भने नवलपरासी र पोखरामा गरी बित्यो । पढ्ने क्रममा उनी भारतको उत्तर प्रदेशको महाराजगञ्ज पनि पुगे । बाँकी शिक्षाका लागि भने उनी मुम्बई पुगेका थिए । सन् १९९२ मा उनले ग्रयाजुएसन सकेपछि आकाशले ०९४ मा मुम्बईमै रहेको मधुमति एकेडेमीबाट ‘डाइरेक्शन एन्ड एक्टिङ’ मा डिप्लोमा पनि गरे ।
उनको त्यसपछि नै सिनेमा जगतको यात्रा सुरु भयो । मुम्बईमा पनि धेरै अवसरहरु पनि थिए । तर उनको लक्ष्य र उद्देश्य भनेको आफ्नै मुलुकमा आफूसँगको भएको क्षमता र दक्षता ल्याएर आफ्नो क्षेत्रलाई विकास गर्नुपर्छ भन्ने उनको ध्येय थियो । उनी सोही कारण नै नेपाल फर्किए । सन् १९९६ मा आकाशको लेखन तथा निर्देशनमा ‘रणभूमि’ फिल्म प्रदर्शनमा आएको थियो । पहिलो फिल्मले नै उनलाई नेपाली चलचित्र क्षेत्रमा स्थापित गराउन सफल बनायो । त्यही फिल्मबाट उनी ‘बेस्ट डाइरेक्टर, बेस्ट मुभी’ लगायत धेरै विधाका अवार्ड आफ्नो पोल्टामा पार्न सफल रहे । उनी भन्छन, ‘रणभूमि फिल्मले मलाई धेरै उर्जा र हौसला दियो ।’
पहिलो फिल्म नै सफल भएकाले पनि उनी पछाडि फर्केर हेर्नुपर्ने बाध्यता भएन । ‘दाग’, ‘पन्छी’ “क्रोध” “काठमाण्डु”, “कोहिनूर” कान्छी लगातार चर्चित फिल्म दिन उनी सफल भए । ‘पन्छी’बाट नै उनले आफूलाई अभिनेताको रुपमा पनि प्रस्तुत गराएका थिए । तर ‘रणभूमि’बाट भने उनी अत्यधिक सन्तुष्ट सुनिन्छन् । नेपाली निर्माण भईरहेका चलचित्रहरु भन्दा प्रिथक बिषयवस्तु तथा प्रविधी एवम् प्रस्तुतिमा समेत अब्बल रहेको थियो । चलचित्रमा देखाइने दृश्य र पात्रमा समेत नयाँ प्रस्तुति रहँदा अत्यधिका रुचाहियको एक मोर्डन, सफल चलचित्र बनेको थियो रणभूमि । यस चलचित्रबाट सर्ट टेकिङको प्यार्टन पनि चेन्ज भयो । नेपालमा उपकरण नहुँदा पनि पोखरामा मणिपाल शिक्षण अस्पताल बन्दै थियो । सिमेन्ट बोक्ने क्रेन पनि प्रयोग गरेर सर्ट लिएको छु सेती नदीमा,’ उनी भन्छन् ।
नेपाली फिल्म क्षेत्रमा एकपछि अर्को सफलता बनाएका आकाशले ‘क्रोध’ फिल्मबाट पनि भरमार चर्चा बटुलेका थिए । ‘क्रोध’ले आम्दानीको रेकर्ड ब्रेक गरेको थियो सन् २००६ मा । ५५ लाख लगानीमा बनेको उक्त फिल्मले विश्वज्योतीबाट मात्रै २५ लाख रुपैयाँ हात पारेको थियो । उक्त फिल्मले पनि ‘बेस्ट मुभी’ सहितका अवार्ड पोल्टामा र्पायो ।
निरन्तर उर्जा पाइरहेका आकाशले त्यसपछि फिल्म ‘काठमाडौं’ ल्याए । उक्त फिल्मले पनि विभिन्न विधागत रुपमा अवार्ड प्राप्त र्पायो । एकेडेमी अवर्ड बिजयता गीत जयहो का बलिउडका गायक सुकविन्दर सिंह,कैलाश खेरलाई गाउन र एक्टिङ गर्न लगाएर फिल्मलाई उत्कृष्ट बनाए । ‘काठमाडौं’लाई आफ्नो टेस्ट प्रोजेक्ट मान्ने आकाशले प्रविधिको उच्चतम प्रयोग गरेका थिए । साथै, उनले अमेरिकाको सेनफ्रान्सिस्कोमा अनुमति लिएर फिल्मको सुट गराएका थिए, अमेरिकन कलाकारहरुलाई राखेर । टेस्ट प्रोजेक्ट भएकाले पनि सन् २०१० मा रिलिज हुनुपर्ने तर सन् २०१२ मा रिलिज भएको थियो । पोस्ट प्रडक्सनको लागि उनले धेरै संघर्ष नै गर्नुपरेको थियो । कलर, साउन्ड मिक्सिङ र सफ्टवेयरका लागि उनी दुईपटक हलिउड पुगे । कहिले सिंगापुर त कहिले भारत पनि । कारण उनले आफ्नो फिल्मका लागी सार्क कण्ट्रीमा पहिलो अमेरिका मेड रेड द्धप् क्यामेराको प्रयोग गरेका थिए ।
त्यसका लागि उनी हलिउड आफैं गएर तालिम लिएर आई सो क्यमेरा प्रयोगमा ल्याएका हुन । ‘सन् २००८ मा मैले रेड डिजिटल क्यामेरा भित्र्याएँ । रेड क्यामेरा आउनुभन्दा अघि द्दप थियो तर सो क्यमेराले त्यति राम्रो नतिजा दिन सकेको थिएन । जस रेड द्धप् क्यमेराका करण मैले भनेको थिए २०१२ सम्म सबै एनालग सिस्टम रिल नेगेटिव सिस्टम हट्नेछ र हट्यो पनि ।’ तर ती व्याप्त चुनौतीलाई चिरेर सफल भएको ‘काठमाडौं’ फिल्मले उठाएको सामाजिक मुद्दामा सोचेजस्तै स्थापित भयो । अमेरिकामा रेड कार्पेट प्रिमियर गरियो र तेसपछि यू एस र इजरायलमा समेत उक्त फिल्मको सफल प्रदर्शन भएको थियो ।

उनले डिजिटल प्रविधिलाई भित्र्याउन सकेकोमा चलचित्र उधोगबाट पनि उनले प्रसन्सा पाए । साथै उनले डिजिटल प्रविधिलाई भित्र्याएकै कारण र भुकम्प देखी कोभिड सम्म उनी द्वरा संचालित ँबिmभ या जयउभ ल्भउब िनामक ल्यल(उचयाष्तबदभि यचनबलष्शबतष्यल बाट गरेको सहयोगका लागि सम्माननिय राष्ट्रपतीको बहुलिबाट ”प्रावल जनसेवा श्री” जस्तो पदकबाट पनि द्दण्ज्ञड मा सम्मनित भयका थिय आकाश अधिकारी ।
‘कोहिनुर’सहित १७(१८ वटा फिल्म बनाइसकेका आकाशको अनुभव बोल्छ, ‘मैले सामाजिक मुद्दालाई जहिल्यै प्राथमिकता दिए । हामी निर्देशकको दाइत्वोहो, पैसा कमाउनका लागि फिल्म बनाइन । ग्ल्यामर र सेक्स सबैभन्दा बढी बिक्छ, सबैभन्दा बढी हिटिङ त्यही कुराले हुन्छ । तर मेरो सिनेमा चलाउन त्यो कुरा चाहिँदैन । सामाजिक चेतना र सन्देश बोकेका छरछिमेक, शहरमा घटेका र घट्न सक्ने मुद्दालाई मैले दर्शाए भने त्यो मेरो खुबी हो । त्यसबाट नै मैले सिनेमा चलाउन सक्छु । मेरो जनरा भनेको सोसियल एन्ड लभ नै हुन्छ ।’ उनकै लेखन तथा निर्देशन रहेको ‘कोहिनुर’ एउटा उदाहरण हो । सामाजिक विषयवस्तु बोकेको उक्त फिल्मको लगानीको दाँजोमा आम्दानी कयौं गुणा बढी थियो । त्यस समय जम्मा ७५ लाखमा निर्माण भयको चलचित्र कोहिनूरले १२ करोड ९११२ मिलियन० को आम्दानी गरेको थियो, उनि बक्स अफिस मा कमाइ गर्ने १ नम्बर निर्देशक बने । जुन सिनेमाले द्दण्ज्ञद्ध भन्दा अगाडिका सबै फिल्मको रेकर्ड ब्रेक गरेको थियो ।
आकाशले सन् २०१८ मा चिनमा रहेको मोसन पिक्चर्स एसोसियसन एसिया प्यासिफिक भित्र नेपाललाई प्रवेश गराएका छन् । नेपालसहित २५ सदस्य त्यहाँ छन । भलै ४६ देश आबद्ध छन् तर सदस्यता पाएका छन् । र आकाश त्यसको १७ जनाको कार्यसमिति भित्र पनि छन् । उनको कार्यकाल २०२३ सम्म छ । त्यो सिनेमा बिजनेस हब, प्लेटफर्म भएको आकाश बताउँछन ।
‘कस्ताकस्ता देशका सिनेमाहरुको ट्रेलर आए । मैले केही सिनेमाको लिएर गएको थिए तर क्वालिटीका कारण देखाउनै सकिनँ । त्यहाँबाट फर्किएर आएर मलाई लाग्यो । अब प्लेटफर्म खोलिसकेको छु । सिनेमालाई क्वालिटी बनाउनुपर्छ ।’
चिनमा विभिन्न देशका फिल्महरु क्वाटा सिस्टमबाट रिलिज हुने भएकाले नेपाललाई वर्षको दुईवटा फिल्मको क्वाटा मागेको आकाश सुनाउँछन् । तर त्यसका विभिन्न टेक्निकल मापदण्डहरु भने पालना गर्नुपर्छ । पाइरेटेड सफ्टवयरबाट बनाइएका फिल्म त्यहाँ मान्य नभएको उनले बताए । आधिकारिक लाइसेन्स लिएर चलाइने सफ्टवयरबाट बनाइने फिल्मलाई मान्यता दिने उनको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मलाई र्पुयाउन त्यसबारेको सचेतना दिने काम आफूले गरेको आकाश सुनाउँछन ।
कोरोना महामारीले गर्दा भएको लामो लकडाउनमा उनले निर्माणर निर्देशन गर्ने निर्माणाधिन आगामी फिल्मका लागि आफैंले स्क्रिप्ट लेख्ने समय पायका छन् । हिन्दी, नेपाली दुबै भाषामा बन्ने उक्त फिल्मको नाम भने सार्वजनिक भइसकेको छैन । कलाकार पनि दुबै देशबाट हुने उनको भनाई छ । उनको आगामि फिल्म ‘द सनराइज’ हो । बहुपति प्रथामाथि बनाइने उक्त फिल्मका लागि आकाशले १८ वर्ष लामो रिसर्च गरेको बताउँछन् । एस्ता तीनवटा बिशेष सब्जेक्ट छन जस्ले मेरो चलचित्र निर्देशनको यात्राको जीवनभरीलाई पुग्छ । कर्मसियल जे गरीरहेको छु जुन ती प्रोजेक्ट नबन्दासम्म मात्र हुन ।’ ‘द सनराइज’ बाहेक ति अन्य दुईवटा प्रोजेक्टको स्क्रिप्टमा पनि काम भइसकेको आकाश बताउँछन् ।
उनका लागि स्क्रिप्ट लेखनको समय भने लकडाउनमै जुरेको थियो ।
निर्माता संघको अध्यक्ष रहेका आकाशले नेपाली फिल्मको सुधार र विस्तारका लागि आवश्यक नीति निर्माणमा पहलकदमी गरिरहेका छन् । उनले संघको कमाण्ड सम्हाल्ने बित्तिकै प्रोजेक्ट इन्स्योरेन्स लागु गराए । उक्त इन्स्योरेन्सले प्रोजेक्टलाई घाटा हुन नदिने उनी बताउँछन् । त्यससम्बन्धी नीति निर्माणमा नेपाल सरकारसँग कुनै उपाय नभएकाले आकाशले भारत, बेलायतको कन्सेप्ट अध्ययन गरी आफैंले खाका बनाई लुम्बिनी इन्स्योेरेन्ससँग सहकर्य गराए । स्वदेशी चलचित्र निर्माणलाई मात्र राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगमा राखेको नेपाल सरकारले प्रदर्शन गर्ने हललाई भने छुटायको छ, तर निर्माण र हल एउटै विधाको भएकाले हललाई पनि समावेश गराउन उनले निरन्तर पहल गरेको बताउँछन । त्यसका लागि उनी उद्योग वाणिज्य महासंघमा सदस्य भएर पनि सहयोग पुगेको छ । चलचित्र तथा मनोरञ्जन फोरम गठन गरी महासंघले उनलाई सभापतिको जिम्मेवारी दिएको छ । फोरमले विभिन्न कार्यक्रमहरु सार्वजनिक गर्ने तयारीमा छ ।
तीन दशकको अनुभव बटुलेका आकाशको लक्ष्य नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा सहजै स्थान बनाउन सक्ने बनाउनु हो । उनी भन्छन, ‘अबको सिनेमा मेकिङ कन्सेप्ट पनि अनिवार्यरुपमा अन्तर्राष्ट्रिय स्तरको हुन जरुरी छ ।


