Tuesday 20 October 2026 / मंगलवार, ४ कार्तिक २०८३

काठमाडौँ, नेपाल वायुसेवा निगमले कोरोनाको पीसीआर पोजिटिभ भएको यात्रुलाई यात्रा गर्न दिएको भनेर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । निगमले नेपाल र भारतबीच एयर बब्बल सम्झौता अन्तर्गत दुवै देशबाट दैनिक एक÷एक उडान हँुदै आएको र उक्त सम्झौताअनुसार ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट उल्लेख भए बमोजिम पुस १५ मा दिल्लीबाट काठमाडौँ उडान गर्ने छ जना यात्रुमा अघिल्लो दिन काठमाडौँबाट जाँदा गरिएको ७२ घण्टाभित्रकै पीसीआर रिपोर्ट रहेकोले यात्रा गर्ने अनुमति दिएको जनाएको छ ।

निगमद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ, “काठमाडौँ अवतरण गरीसकेपछि हेल्थ डेस्कले भारतमा गरेको पीसीआर रिपोर्ट चाहिने बताए पछि छ जना यात्रुलाई ७२ घण्टाभित्रको पीसीआर भएता पनि क्वारेन्टिनमा राख्नुपर्ने निर्देशन दिएपछि उनीहरुलाई क्वारेन्टिनमा राखिएको हो ।” निगमले अबदेखि जुन देशबाट यात्रा गर्ने हो सोही देशको पीसीआर रिपोर्ट अनिवार्य गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय