दक्षिण कोरियाली कम्पनी सामसुङका प्रमुख व्यक्ति ली जे योंगमाथि अदालतले साढे २ वर्षको जेल सजाय सुनाएको छ ।
दक्षिण कोरियास्थित उच्च अदालतले घुस काण्डमा दोषी ठहर गर्दै ली माथि जेलसजाय गरेको हो ।
दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हइसमेत संलग्न घुसकाण्डको पुनः सुनुवाइका क्रममा सामसुङ प्रमुखलाई जेल सजाय सुनाइएको हो ।
उच्च अदालतले गरेको पछिल्लो फैसलाले कम्पनीमा ली को नेतृत्वदायी भविष्यलाई असर गर्ने विश्लेषण गरिएको छ । अढाई वर्षको जेल सजायका कारण आगामी दिनमा कम्पनीको निर्णय प्रक्रियामा ली वञ्चित हुनेछन् ।
ली माथि जेल सजाय भएको खबर सार्वजनिक भएसँगै सामसुङ कम्पनीको शेयर मूल्यमा ४ प्रतिशतको गिरावट आएको छ ।
अदालतको फैसलाप्रति ली का प्रतिरक्षा वकिलहरुले निराशा व्यक्त गरेका छन् । मुद्दाको प्रकृति कर्पोरेट स्वतन्त्रता र सम्पत्तिको अधिकारलाई उल्लंघन गर्ने पूर्व राष्ट्रपतिको शक्तिको दुरुपयोगसँग सम्बन्धित रहेको उनीहरुको दाबी छ ।
बीबीसी


