Tuesday 19 May 2026 / मंगलवार, ५ जेष्ठ २०८३

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षले माघ २३ गते राजधानी काठमाडौँमा वृहत आमसभा गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षले उपत्यका बाहिर तीव्रतर रुपमा संगठन विस्तार गरिहेको छ । यद्यपि ओली पक्षले पहिलो पटक राजधानीमा वृहत जनसभा गर्न लागेको हो ।
प्रधानमन्त्री एंव पार्टी अध्यक्ष ओली लगायत शीर्ष नेताहरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबार काठमाडौँमा आयोजित पेशागत संगठनको कार्यक्रममा प्रधानमन्त्री ओलीले आमसभा गर्न लागेको जानकारी दिएका हुन् । ‘साँघुरा गल्लीमा केही मान्छे जम्मा गर्दैमा आमसभा हुँदैन’, उनले भने, ‘आमसभा कस्तो हुन्छ भन्ने कुरा माघ २३ गते हेर्नुस्, हामी देखाउँछौँ । त्यो पनि फुल होइन टेलर मात्रै हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय