हालै हेटौडास्थित रोयल प्यालेसमा सम्पन्न भएको मिस नेवाः मकवानपुर ११४१ को ताजमा आफ्नो दाबी सफल बनाउन सक्षम भएकी छिन् प्रिया शाही ।प्रतियोगिताको शीर्ष उपाधि विजेता संगै उनले मिस ट्यालेन्ट र भिअर च्वाइस विधाको उपाधि पनि आफ्नो नाममा दर्ता गराउन सफल भइन् । प्रतियोगितामा फ्रेन्ड्ली विधाको अवार्ड सहित ऋचा श्रेष्ठ फस्ट रनरअप, वेष्ट डान्सको अवार्ड सहित मोनिका खड्गी सेकेन्ड रनरअप चयन गरिएका थिए । यसैगरी प्रतियोगितामा ऋतु मानन्धर फोटोजेनिक कृतिका खड्गी बेस्ट डे«स र क्याटवाक, सिमरन खड्गी क्युट, लुनिभा श्रेष्ठ युनिक र निकिता बलामी डिसिप्लेन विधाका विजेताका रुपमा पुरस्कृत गरिएका थिए ।
हेटौंडा नगरका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रम लुक्स फेसन होमको आयोजना तथा विजय श्रेष्ठको संयोजनमा सम्पन्न भएको थियो । प्रतियोगितामा कोरियोग्राफरद्वय मनिश शाक्य र धीरज तण्डुकार तथा मेकअप आर्टिष्ट स्वस्तिका राजभण्डारी निर्णायकको भूमिकामा उपस्थित थिए । प्रतियोगिताको कोरियोग्राफी रवीन्द्र बज्राचार्यले गरेका थिए ।


