Wednesday 27 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

प्रदीपराज वन्त,प्रशिक्षार्थी

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा प्रतितोला रु ७०० ले उकालो लागेको छ । शुक्रबार र आइतबार बढ्ने वा घटने नगरी तथस्ट रहेको सुनको मूल्यमा आज एकै पटक वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु ९४ हार २०० रहेकामा आज प्रतितोला रु ९४ हजार ९०० पुगेको छ ।

यस्तै, तेजाबी सुन आइतबार प्रतितोला रु ९३ हजार ७०० रहेकामा आज रु ७०० ले वृद्धि भई रु ९४ हजार ४०० मा कारोबार भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला रु एक हजार ३१५ मा कारोबार भएको छ । आइतबार चाँदी रु एक हजार २८० मा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय