काठमाडौँ- बिरोध सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य नारायण काजी श्रेष्ठ सुरुदेखि नै आक्रमक देखिएका थिए, बोल्दाबोल्दै आफुलाई हल्लाले अवरोध भएको भन्दै माइकबाटै पत्रकार ऋषि धमलालाई ” तपाई चुप लाग्नोस” तपाईं त्याँहा आफै कार्यक्रम सुरु न गर्नुस भनेर भनेका थिए ।
‘हामी यहाँ सभा सञ्चालन गरिरहेका छौं, त्यहाँ अर्को कार्यक्रम सञ्चालन नगर्नुस् । ऋषि धमलाजी, तपाईं त्यहाँ अर्को कार्यक्रम नगर्नुस्, तपाईं चुप लाग्नुस्,’ श्रेष्ठले सम्बोधनलाई बीचमै रोकेर भने ।


