Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

राजधानी शहरको प्रज्ञा भवनको डबलीमा नेवार समुदायको गौरवमय साँस्कृतिक परिवेशको उदाहरणीय झझल्को दिंदै आरम्भ भएको नेपाल टेलिकम मिस नेवाः नेपाल ११४१ ग्राण्ड फिनालेको मंचमा डल्लु निवासी कृषा महर्जनले नगद पुरस्कार रु एक लाख सहित यस वर्षको मिस नेवाः ताज आफ्नो शीरमा सजाउन सफल भएकी छिन् । उनले वेष्ट इन नेपाल भाषाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित गरिन् । उपाधि विजेता भए संगै कृषा नेपाल अर्वुद रोग निवारण संस्था, नागार्जुन नगर पालिका तथा नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका सद्भावना दूतका रुपमा नियुक्त भएकी छिन् । प्रतियोगितामा ललितपुर पाटन सुन्धाराकी प्रिया तण्डुकार पब्लिक च्वाइस विधाको अवार्ड सहित फस्ट रनर अप तथा काठमाडौं कलंकीकी कृष्टिना महर्जन चार्मिङ विधाको अवार्ड सहित सेकेन्ड रनर अप विजेता चयन भए । डान्स कोरियोग्राफर रेजिशा डंगोलबाट तयार पारिएको सहभागिहरुको ओपनिङ एक्टबाट गति लिएको सो प्रतियोगिताका सहभागिहरु आईसी कलेज अफ आर्ट एण्ड फेसनका विद्यार्थी डिजाइनरहरुले तयार पारेका मनमोहक डिजाइनका पहिरनमा सजिएका थिए ।

संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष सिहान अशोककुमार श्रेष्ठ, नेपाल टेलिकमका मेनेजर सरोजकुमार शाक्य, स्पेशल ओलम्पिक नेपालका अध्यक्ष डा शिक्षिता श्रेष्ठ, कन्सर्न नेपालका निर्देशक डा विजय सैंजु, पूर्व ‘मिस नेवाः नेपाल’ एलिशा बज्राचार्य र नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित निर्णायक रहेको सो कार्यक्रममा नेपाल टेलिकमका चीफ कमर्सियल अफिसर भानुराज श्रेष्ठ प्रमुख निर्णायक थिए । रोजिन शाक्य कोरियोग्राफर तथा पूर्व मिस नेवाः सुनिता डंगोल नेपाल भाषा प्रशिक्षक रहेको सो प्रतियोगितालाई नेप्लीज फेसन होमले आयोजना गरेको हो । कार्यक्रम आयोजन संस्थाका अध्यक्ष हेमा मानन्धरका अनुसार प्रतियोगिता नेवार समुदायको मौलिक परंपरा साँस्कृतिक गरिमाको सम्वद्र्धन तथा प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले सन् २००५ बाट निरन्तर रुपमा आयोजना गरिंदै आएको हो । मिस नेवाः ११४१ अन्तर्गतको प्रतियोगितामा मनिका खड्गीले ट्यालेन्ट र फोटोजेनिक, रुहिना महर्जनले सोसिएल वेलफेयर एम्बेसडर चिफ र वेष्ट स्कीन, मनिशा महर्जनले वेष्ट ड्रेस, एन्जिला अवालेले डिसिप्लीन, लेनिका डंगोलले वेष्ट हेयर र पर्सनालिटी, सौर्या शाहीले वेष्ट स्माइल तथा स्वीकृति महर्जनले फ्रेन्डशीप विधाको अवार्डमा आफ्नो नाम दर्ता गराउन सफल भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय