Wednesday 19 August 2026 / बुधबार, ३ भाद्र २०८३

गोरखाको विकट गाउँ आरूघाटमा अवस्थित नेप्लिज एडभान्स सेकेण्डरी वोडिङ स्कुलकी छात्रा आयुष्मा श्रेष्ठले एसइईमा जिल्लामै उत्कृष्ट नतिजा निकालेकी छिन्। सार्वजनिक नतिजानुसार ४ जीपीए ल्याएकी श्रेष्ठ जिल्लाकै सर्वोत्कृष्ट अंक ल्याउने छात्रा बनेकी हुन्।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजामा श्रेष्ठले ४ जीपीए ल्याएर उत्कृष्ट भएको प्रधानाध्यापक भोजराज भट्टले जानकारी दिए।

आयुष्माले अबका दिनमा विज्ञान संकायमा अध्ययन गरी न्यूरो सर्जन बन्ने लक्ष्य रहेको बताएकी छिन्। सानैदेखि विद्यालयमा उत्कृष्ट हुँदै छात्रवृत्तिमै अध्ययन गर्दै आइरहेकी श्रेष्ठ सफलताको श्रेय आफ्नो परिवार र दिदीलाई जाने बताउँछिन्।

सार्वजनिक नतिजानुसार माध्यमिक शिक्षा परीक्षा एसइईमा माथिल्लो ग्रेड ल्याउनेको संख्या बढेको छ। एसईईमा २२ हजार ४ सय ७५ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय