Tuesday 20 October 2026 / मंगलवार, ४ कार्तिक २०८३

( रासस÷एएफपी) ः पूर्वी सिरियामा एक बसमा भएको एम्बुस आक्रमणमा परी करिब ४० सैनिक मारिएका छन् । यस आक्रमणको दाबी इस्लामिक स्टेट्स (आइएस) समूहले लिएको छ । पूर्वी सिरियामा एक स्थानमा जिहादी समूहले एक बसलाई एम्बुस आक्रमण गरेका छन् ।

पूर्वी सिरियामा देइर जोर प्रान्तमा बिदाका समयमा आ–आफ्ना घरतर्फ गईरहेका सरकारी सेना चढेको बसलाई जिहादी समूहले गरेका एम्बुस आक्रमणमा कम्तीमा ३७ सैनिक मारिएका सिरियाको लागि मानव अधिकारबादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ ।

मारिएका यी सेनाहरुमा ८ जना अधिकृत स्तरका रहेका छन् । यस आक्रमणमा परी अन्य १२ जना सैनिक घाइते भएका जनाइएको छ । सिरियमा सन् २०११ को मार्च महिना यहाँका राष्ट्रपति बसर अल असदको राजिनमाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो ।

केही समयपछि सो आन्दोलन गृहयुद्धमा परिणत भयो । सो गृहयुद्धमा अल कायदा,आइएस जस्ता आतङ्ककारी समूह हावी हुदै गए । जारी यस युद्धमा सो समयदेखि हालसम्म ३ लाख ८७ हजार व्यक्तिको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ ।

यस युद्धमा १ लाख ३० हजार भन्दा बढी सरकार समर्थक लडाकू मारिएका छन् भने १ लाख १७ हजार सर्वसाधारणको मृत्यु भएको छ । यस युद्धको क्रममा लाखौंको संख्यामा सर्वसाधारण आफ्ना देशमा विस्थापित हुनुको साथै र विदेशमा शरणार्थीको जीवन यापन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय