Tuesday 26 September 2023 / मंगलवार, ९ आश्विन २०८०

इंग्लीश प्रिमियर क्लब म्यान्चेस्टर युनाइटेडका खेलाडी एडिन्सन काभानीलाई तीन खेलमा प्रतिबन्ध लगाइएको छ । सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति पोष्ट गरेको भन्दै इंग्लीश फुटबल संघले तीन खेलमा प्रतिबन्ध लगाएको हो । साथै उनलाई १ लाख पाउण्डको जरिवाना समेत गरिएको छ । काभानीले अब फुटबल एशोसिएसनको आयाजनामा हुने प्रिमियर लिग, लिग कप वा एफए कपका तीनवटा खेल गुमाउनेछन् । काभानीले एउटा स्पेनिस उखानलाई सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । उक्त उखान केही भाषा एवं समुदायका लागि अपमानजनक र उत्तेजक रहेको फुटबल संघको ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय