काभ्रे जिल्लाको गणेस्थान मा २०३९ सालको चैत ५ गते “स्वर्गीय बुबा पदम् बहादुर थापा र स्वर्गीय आमा राम कुमारी थापाको कांन्छो सन्तानको रूपमा जन्मिएकी “मेनुका” एक महीनाको “गर्भमैं हुदा उनको पिताको दुर्घटनामाँ परेर मृत्यु भयो ।
बुवाको मृत्युं भएको ८ महीना पछि जन्मन पूगेकी “त्यो अबोध बालिकालाई समाज तथा आफÞन्तले – बाबू टोकोइ अलक्छिना को संज्ञा दिए । उनको बुवाको मृत्युपछी आफन्त पनि पराइ बने र मेनुकाको आमा तथा दीदीलाई “जग्गा जÞमीन हुदा हूँदै पनी ज्याला ÷ मजÞदूरी गरी बाचनू पर्ने अवस्थामाँ पूराए ।
बुबाको मृत्युपछी “मानसिक रूपमा बिछिप्त बनेकी आमा तथा दिदिहरुले बहुत दुख गरेर मेनुकालाई हुर्काईंन , पढ़ाईंन् । मेनुकाको पालामा सरकारी बिद्यालयमा अहिले जस्तो फ्री मा पढ्न पाईदैनथियो , त्यसैले मेनुकाको लागि मासिक फि जम्मा गर्न, पोशाक ,किताब किन्न उनको दिदीहरुले धनि मानिसको घरमा मजदुरी गर्ने, जंगल गइ दाउरा खोजि बेची पैसो जम्मा गर्थे ।
उनीसंग पढ्ने खेल्लने साथीहरु ले ’यी मेरो बुवा ले त् यस्तो लुगा लेराइदिनु भो , तेरो बुवा ले के लेराइ दियो भनेर प्रस्न गर्दा हप्तौ सम्म ’ मेनुका मेरो लागि पनि यौटा बुवा लेराई दिनु भनि रुने गर्थिन। बुवा को कुरा गर्यो कि पिडाले थला पर्ने गर्थिन उनकी आमा नानीको रुपमा जन्मिएको भएता पनि मेनुकाको आमा दिदि दाई सबैले उनलाई “बाबु“ भनि बोलाउथे ।
उनकी आमाले एक दिन उनलाई भनिन् ’ बाबु !सायेद म त धेरै दिन बाच्दीन होला । म मरे भने पनि तँ नरुनु, तेरो आसुले मेरो बाटो छेक्छ । मन बलियो पार्नु , मलाई दागबत्ती दिनु। मैले “गर्भ देखि नै तेरो रक्षा गरे , तैले अरुको रक्षा गर्नु ’ अबोध बालिका मेनुकाले बुझे जसरि हस् मात्रै भनिन् । मेनुकाले बिद्यालयको पढाई सकी कलेज पढ्ने बेलामा उनकी आमा नराम्ररी थला परिन् र केहि समय पछी यो संसार छोडिन् ÷ आमाको मृत्युपछी मेनुकाले आफूलाई यो संसारमाँ पूर्ण रुपमा “टुहूरो बेसहारा” भईन् ।
सहारा र मायाको आशामा “आफÞन्तको दैलो ढकढकाऊदा उनले कसैबाट सहयोग पाईनन् र १७ बर्षको उमेरमा आफÞनो जीवन धान्न उनले “रेस्टूरामा गित गाउने काम गर्न थालींन् । ऊनी बच्चै देखी गीत गाऊन मन पराऊने स्वभावकी भएकीले “गजल÷ दोहोरी रेस्टूरामा काम गर्न थालींन् ।

२०५७ ÷२०५८ सालमा दोहरी गीत गाऊदै गर्दा “मेनुकाले विभीन्न च्भकतगचभलत को आवरण भित्र “बालिका,किस्वरि तथा महिलाहरुलाई झुक्काई, फकाई,बाध्य बनाई बेचने गरेको, उनीहरुको सारीरिक शोषण , मानसिक शोषण, आर्थिक शोषण आफ्नै आँखा आगाडी देखिन् बच्चै देखी हक्कÞी र निडर स्वभाबकी “मेनुकाले” त्यो अत्याचारको आवाज उठाईंन् – रेस्टूरामा काम गर्ने अन्य श्रमिकलाई “एक जुट बनाईन ” त्यो बेलामा गुन्डा र पहुँच वाला , पैसा वाला बाट संरक्षित ’रेस्टुरा,बार,क्याबिन रेस्टुरा , डिस्को थेक, दोहोरि साँझ , मसाज सेन्टरमा कार्यरत श्रमिक हरुलाई उनीहरुको हक र अधिकारको लागि व्यक्तिगत पहल गर्दैगर्दा उक्त समूह ले ’’ असुरक्षामा परेका हरुको लागि बिसुद्ध यौटा सामाजिक सस्थाको आवस्यकता महसुस गर्यो र “तीनै श्रमिक र २,४ जना अन्य सहयोगी व्यक्तिको मद्दत बाट २०६० सालमा मेनुकाले “असूरक्षामा परेका महिला तथा बालिकाको सुरक्षा÷सारथी बन्ने प्रण सहित बाल्यकालमा आफ्नी आमाले ’गर्भ देखि नै मैले तेरो रक्षा गरे, तैले अरुको रक्षा गर्नु भनेको सम्झदै ’’ २१ बर्षको उमेरमा –“ रक्षा नेपाल” नामक मानवीय सस्थाको स्थापना गरिन् ।
२०६० सालमा स्थापना गरिएको यस सस्थाले २०८० साल सम्म आइपुग्दा देश विदेश मा बस्ने मनकारीहरुको मद्दत , नेपाल प्रहरी, नेपाल सरकार र अन्य सहयोगी संघ सस्था मिडिया को साथ र समन्यव मा हालसम्म सात हजार छ सय उन्नासाठी जना महिला र नौ सय चौतिस जना बालिका ’ को उद्धार , संरक्षण र पुनर्स्थापना गर्न सफल भैसकेको छ।
रक्षा नेपालमा संरक्षित छोरीहरु उच्च सिक्षा को लागि ’अमेरिका ,अस्ट्रेलिया ,युरोप समेत पुगेका छन् ।
आफुलाई समेत सम्हाल्लं नसक्ने अपरिपक्क उमेरमा पिडा र दर्दमा परेका हरुलाई सम्हाल्लने साहस जुटाएकी साहसी छोरि मेनुका भन्छिन – ’’मैले रक्षा नेपाल खोजेको हैन , रक्षा नेपालले चाही मलाई खोज्यो । म त् आफै अभाब मा थिए , पिडामा थिए तर म भन्दा पनि पिडा र दर्द बोकेकाहरुको चित्कार सुनेपछि चुप लागेर बस्न सकिन ।
यौटा दुखीको सहारा अर्को दुखि हुन्छ भने झैँ ’’ कोहि नभएका को लागि मेनुका सारथी – मेनुकाको लागि उनीहरु सारथी भएर दुख सुख , हाँसो रोदन साथसाथ चलिरहेको छ र रक्षा नेपाल नामक दियो बलिरहेको छ ।


