Friday 3 February 2023 / शनिबार, २१ माघ २०७९

अंग्रेजी नयाँ वर्ष(२०२१)को अवसर पारेर अभिनेत्री ऋचा शर्माले नयाँ फिल्मको निर्माण घोषणा गरेकी छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमा फिल्म ‘कौसीद’ निर्माण गर्न लागेको बताएकी छन्।
कुमार भाष्करले फिल्म ‘कौसीद’लाई निर्देशन गर्न लागेका हुन् । केदार भुषालले निर्माणमा बन्न लागेको यस फिल्ममा ऋचा प्रस्तुतकर्ताका रुपमा रहेकी छन्। यस फिल्मको कार्यकारी निर्माता डिमेस श्रेष्ठ हुन भने सह–निर्माता लक्ष्मण बानियाँ रहेका छन्।
फिल्ममा नवविजय प्रकाश श्रेष्ठ र धिरजन थपलियाले कथा लेखेका भने ऋचा र भोलाराज सापकोटा मुख्य भूमिकामा अभिनय गर्दैछन्। ऋचा र भोलाका अलवा निरन्जन श्रेष्ठ, रुपेश दाहाल, निर्भिक भट्टराई, सदिक्क्षा गौतमलगायतको पनि फिल्ममा अभिनय रहनेछ ।
ऋचाले यसअघि ‘आधा लभ, भिर्सा गर्ल र सुनकेसरी’ फिल्मको निर्माण गरेकी थिइन्। फिल्ममा निशल पौडेलको छायांकन, मित्र डि. गुरुङले फिल्मलाई सम्पादन गर्नेछन् । निकैै जोख जाँघरका साथ फिल्म क्षेत्रमा आउन लागेको सामाजिक स१जालमा उल्लेख गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय