Thursday 3 September 2026 / बिहीबार, १८ भाद्र २०८३

सोल, दक्षिण कोरियामा विमान दुघर्टनामा परेर मृत्यु भएका १७९ जनामध्ये १४१ जनाको सनाखत भएको छ । त्यहाँको भूमि मन्त्रालयले सोमबार यस्तो बताएको हो । अहिले १७९ जनाकै शवलाई अस्थायी शव घरमा राखिएको छ । अनुसन्धान एजेन्सीले अटोप्सी गरेपछि शवलाई परिवारलाई जिम्मा लगाइने मन्त्रालयले बताएको छ ।

पीडितका सामानहरू पनि दुघर्टनाग्रस्त विमानबाट जम्मा पार्ने काम भइरहेको पनि बताइएको छ । आइतबार भएको दुघर्टनाको कारणबारे छानबिन भइरहेकोले दुघर्टना भएको ठाउँलाई सुरक्षित रूपमा राखिने भएको छ । विमानमा रहेका १८१ जना मध्ये २ जनाको जीवितै उद्धार गरिएको थियो । यी दुवै जना चालक दलको सदस्य हुन् । यी दुवैको अस्पतालमा उपचार भइरहेको छ र दुवै खतरा बाहिर भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय