Thursday 3 September 2026 / बिहीबार, १८ भाद्र २०८३

किभ, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण अन्त्यका लागि वार्ता र युद्धस्थल सबै क्षेत्रमा डटेर लड्ने बताएका छन् । एएफपीको एक विश्लेषणअनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा रुसले सात गुणा बढी युक्रेनी भूभाग कब्जा गर्न सफल भयो । डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किपछि सन् २०२५ को मध्यतिरसम्म युक्रेनलाई दिँदै आएको अमेरिकी सैन्य तथा राजनीतिक समर्थनमा कमी आउने सम्भावना छ ।

‘आगामी वर्षमा हरेक दिन युक्रेन कमजोर छैन भनी प्रमाणित गर्न हामी सबैले युक्रेनको पक्षमा आ–आफ्नो स्थानबाट युद्धभूमि र वार्ताको टेबल दुवैमा लड्नुपर्छ,’ जेलेन्स्कीले नयाँ वर्षको अवसरमा देशको नाममा गरेको सम्बोधनमा भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय