Thursday 3 September 2026 / बिहीबार, १८ भाद्र २०८३

वासिङ्टन डिसी, अमेरिकामा टिकटकमाथि प्रतिबन्धको दिन नजिकिँदै आइरहेको छ । प्रतिबन्ध छल्न चिनियाँ एप रेडनोटमा अमेरिकी टिकटक प्रयोगकर्ताहरूको भिड लागिरहेको छ । सोमबार अमेरिकामा एप्पलको एप स्टोरमा रेडनोट सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । ‘टिकटकका शरणार्थी’ भन्नेहरूमाझ यो एप डाउनलोडको क्रम बढेको बताइएको छ । रेडनोट टिकटकको चर्चित प्रतिस्पर्धी एप हो ।

चीन, ताइवान र मदारिन भाषा बोल्ने जनसङ्ख्या धेरै भएको ठाउँमा यो एप खासगरी युवाहरूमाझ निकै लोकप्रिय छ । यसमा करिब ३० करोड सक्रिय मासिक प्रयोगकर्ता छन् । जनवरी १९ भित्रमा टिकटकको माउ कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी व्यवसाय बेचेन भने अमेरिकामा यो प्रतिबन्धमा पर्नेछ । प्रतिबन्ध रोक्न कम्पनीले अमेरिकाको सर्वोच्च अदालतमा दिएको अपिलबारे सुनवाइ हुन बाँकी छ । अमेरिकी व्यवसाय नबेच्ने अडानमा कम्पनी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय