बेलायत, बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेको तत्कालीन नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन अनमिनका प्रमुख इयान मार्टिनसँग लन्डनमा भेटघाट गरेका थिए ।
भेटघाटका क्रममा मार्टिनले अहिले पनि नेपालको शान्ति प्रक्रिया अझै नटुंगिएकाले जतिसक्दो छिटो यसलाई टुंग्याउन सुझाव दिएका कोइरालाको सचिवालयले जनाएको छ । यस्ता विषयलाई लामो समयसम्म राख्न नहुने उनको भनाइ थियो। तत्कालीन समयमा विद्रोहमा रहेको दलसमेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकाले संक्रमणकालीन न्यायलाई टुंग्याउनुपर्नेमा मार्टिनको जोड थियो ।


