Thursday 6 February 2025 / बिहीबार, २४ माघ २०८१

जकार्ता, इन्डोनेसियाको जाकार्ता शहरको एक सपिङ मलमा बुधबार साँझ आगलागी हुँदा सात जना बेपत्ता भएको प्रहरीले बिहीबार जनाएको छ।घटना राति करिब ९ः२० बजे ग्लोडोक प्लाजामा भएको हो । तामनसरी जिल्लाको जनघनत्व बढी भएको स्थानमा आगलागी भएको र आगलागीको समयमा धेरै आगन्तुक मलमा रहेको बताइएको छ ।

सहरको दमकल विभागले सपिङ मलमा लागेको आगो निभाउन ४० भन्दा बढी दमकल र २०० दमकल र अग्नि नियन्त्रकहरू खटाएको छ ।आगलागीको मुख्य कारणबारे अनुसन्धान गर्न दमकल र प्रहरीको टोली घटनास्थलमा रहेको नगर प्रहरीका प्रवक्ता आदे आर्य श्याम इन्द्रादीले स्थानीय पत्रकारहरूसँग बताउनुभयो ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय