Tuesday 1 September 2026 / बुधबार, १७ भाद्र २०८३

अमेरिका, अमेरिकामा एक निजी विमान अर्को विमानमा ठोक्किएर दुर्घटना भएको छ । एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा स्थानीय समयअनुसार सोमबार दिउँसो विमान दुर्घटना भएको सीएनएनले जनाएको छ । दुर्घटनामा परी हालसम्म एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।सीएनएनले दिएको खबरअनुसार अवतरण गर्ने क्रममा एक सानो जेट पार्किङ गरिराखेको अर्को व्यवसायिक जेटमा ठोक्किएको हो । अवतरण गर्न लागेको लिअरजेट ३५ए विमान मोट्ली क्रु गायक भिन्स नीलको स्वामित्वमा रहेको छ । नील भने त्यसमा सवार नरहेको उनका प्रतिनिधि वोरिक रोबिन्सनले बताएका छन् ।

टेक्सासको अस्टिनबाट उडेको विमान दिउँसो करिब २ः४५ बजे स्कट्सडेल विमानस्थलमा अवतरण भएको थियो । ल्याण्डिङ गेयर फेल भएर दुर्घटना भएको विमानस्थलका उड्डयन योजना तथा आउटरिच संयोजक केली कुएस्टरले बताएका छन् ।

विमानस्थल अग्नि नियन्त्रण विभागका क्याप्टेन डेभ फोलियोले पत्रकार सम्मेलनमा बताएअनुसार एक जनाको घटनास्थलमै मृत्यु भएको थियो । अन्य दुई जना गम्भीर अवस्थामा छन् । एक जनाको अवस्था भने सामान्य रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय