Monday 13 July 2026 / सोमबार, २९ असार २०८३

अबुधाबी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घेराबन्दीमा परेका प्यालेस्टिनी इलाकामा मानिसहरू भोकमरीमा रहेको बताएका छन् । उनले शुक्रबार पत्रकारहरूलाई संयुक्त राज्य अमेरिकाले गाजाको अवस्थालाई ‘ख्याल राख्ने’ बताए । ‘हामी गाजालाई हेरिरहेका छौँ र हामी यसको ख्याल राख्ने छौँ । धेरै मानिस भोकमरीमा छन्’, उनले पत्रकारहरूलाई भने ।

ट्रम्पको यो छोटो टिप्पणी खाडी देशहरूको बहु–दिवसीय भ्रमणको अन्तिम चरण समापन गर्दा आएको हो । इजरायलले गाजामा दुई महिनाभन्दा बढी समयदेखि नाकाबन्दी लगाएको छ । नाकाबन्दीले संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरू र अन्य मानवीय समूहहरूले २४ लाख प्यालेस्टिनीको क्षेत्रमा इन्धन र औषधि आपूर्ति सङ्कुचित हुने चेतावनी दिएका छन् ।

यसले गाजा पट्टीमा मानवीय सङ्कट रहेको कुरा पनि बारम्बार अस्वीकार गरेको छ । अमेरिका र इजरायल समर्थित योजनाको व्यापक आलोचना भएपछि साथै गाजा क्षेत्रमा मानवीय स्थितिप्रति चिन्ता व्यक्त गरेपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजामा सहायता ल्याउन कुनै पनि नयाँ विचारका लागि खुलापन व्यक्त गरेको एक दिनपछि ट्रम्पको टिप्पणी आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय